दफा २६०
मुद्रा बनाउने औजार बाहिर लैजान नहुने

(१) कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक कसैले मुद्रा बनाउने यन्त्र वा उपकरण वा अन्य सामग्रीमुद्रा बनाउने ठाउँबाट बाहिर लैजान हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।